बारामा लागुऔषधसहित एक जना पक्राउ

काठमाडौँ । बारामा आठ हजारभन्दा बढी पिस लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहट मौलापुर नगरपालिका–३ गम्हरीया बस्ने २० वर्षीय अनिल बैठा रहेका छन्।

मौलापुरबाट काठमाडौँतर्फ जाँदै गरेको प्र.०३-००१ ख २७०१ नम्बरको यात्रुबाहक बस चेकजाँचको क्रममा लागुऔषध फेला पारेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

पक्राउ परेका बैठालाई नियन्त्रणमा लिइ आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको न्यौपानेले बताए।