धनुषामा हत्या गरिएको अवस्थामा ५५ वर्षीया महिला शव फेला

काठमाडौँ । धनुषाको शहिदनगर नगरपालिका ४ ननुपट्टीस्थित खेतमा हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

पहिचान खुल्ल नसकेको अन्दाजी ५५ वर्षीया महिलाको शव गहुँ खेतमा फेला परेको हो । स्थानीयका अनुसार टाउकोमा धारिलो हतियार प्रहार गरेर उनको हत्या गरिएको देखिन्छ ।

महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको छ । तर प्रहरी अहिलेसम्म घटनास्थल पुग्न सकेको छैन् ।