नुवाकोट बेलकोटगढीमा करेन्ट लागेर एक जनाको मृत्यु

नुवाकोट - नुवाकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

 बेलकोटगढी नगरपालिका ५ केउरेनी बस्ने २४ वर्षीय प्रदिप राईको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै कुखुराको फर्ममा कुखुरालाई दानापानी दिने क्रममा बिजुलीको तारबाट करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।

उनको अम्बेभरोसा अस्पताल गल्छी धादिङमा उपचारको क्रममा मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।