फेरि हल्लायो बझाङ !

 काठमाडौँ - बझाङमा गएराति भूकम्पको धक्का महसुस गरिएको छ ।

गएराति १२ बजेर २२ मिनेटमा बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।  ५।२ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

पछिल्लो समय बझाङ केन्द्रबिन्दु भएर भूकम्प र परकम्प जाने क्रम जारी रहेको छ । गत असोज १६ गते बझाङ केन्द्र भएर ६।३ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले घर भत्काउँदा एक महिलाको मृत्यु भएको थियो ।