जसपाका मधेस प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन

काठमाडौं - जनता समाजवादी पार्टी जसपाका मधेस प्रदेश सांसद बिन्दुकुमारी यादवको आज बिहान निधन भएको छ ।
लामो समयदेखि क्यान्सर रोगले ग्रसित यादवको आज बिहान जनकपुर प्रादेशिक अस्पतालमा मृत्यु भएको परिवारजनले बताएका छन् ।

४१ वर्षीया यादवले २०७२ सालको मधेश आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेकी थिइन् । यादवको स्थायी घर सर्लाही भए पनि उनी लामो समयदेखी जनकपुर–८ मा बस्दै आएकी थिइन् ।