राष्ट्रपति पौडेल दोहामा

काठमाण्डौँ - राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा कतारको राजधानी दोहा आइपुगेका छन् । उनलाई दोहास्थित हमाद इन्टरनेशनल विमानस्थलमा नेपाली राजदूत नरेश विक्रम ढकालले स्वागत गरेका थिए । राष्ट्रपति पौडेल भोलि जेनेभा प्रस्थान गर्ने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।

अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं उच्चस्तरीय सत्रको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ ग्लोबल कोलिसन फर सोशल जस्टिसको उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ ।