राष्ट्रपति पौडेल दोहाबाट जेनेभा प्रस्थान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन्।

मंगलबार राति दोहा पुगेको राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डललाई  हमाद इन्टरनेसनल विमानस्थलमा कतारका लागि नेपालका राजदूत नरेशविक्रम ढकाल, कतारी विदेश मन्त्रालय र नेपाली राजदूतावासका कर्मचारीले बिदाइ गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।

त्यसअघि सोही टोलीले राष्ट्रपतिलाई स्वागत गरेको थियो । राष्ट्रपतिले बिहीबार बिहीबार अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा सहभागी हुनेछन्। यस क्रममा उनले न्यायका लागि विश्वव्यापी गठबन्धन मञ्चको उद्घाटन सत्रलाई सम्बोधन गर्नेछन्।