जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

 काठमाडौँ - जनता समाजवादी पार्टी जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । जनकपुरमा जारी राष्ट्रिय महाधिवेशनबाट बुधबार यादव निर्विरोध निर्वाचित भएका हुन् । 

अध्यक्ष पदमा यादवको एकल उम्मेदवारी परेपछि उनी पुनः जसपा नेपालको अध्यक्ष भएका हुन् । जनकपुरधाममा जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि बुधबार बिहानैदेखि उम्मेदवारी दर्ताको काम भइरहेको छ ।