घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोवार ? 

काठमाडौँ - बुधबार नेपाली बजारमा सुनको मूल्य तोलमा एकसय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार १ सय रुपैयाँले घट्दै १ लाख ८ हजार ८ सय रुपैयाँमा झरेको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि बुधबार तोलामा १ सय रुपैयाँले नै घट्दै १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने बुधबार अघिल्लो दिनको मूल्य नै कामय हुँदै प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।