ललिता निवास प्रकरणका १८ अभियुक्त रिहा

काठमाडौँ - बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १७ अभियुक्त धरौटीमा र एक जना साधारण तारिखमा छुटेका छन् । जिल्ला अदालत काठमाडौंले आइतबार ललिता निवास जग्गा घोटाला प्रकरणमा मुख्य योजनाकार किटान गरिएमध्येका एक भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटी र केशव तुलाधरलाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको हो ।

०२१ सालमा सुवर्णशमशेर राणा र परिवारका नाममा रहेको करिब २८५ रोपनी जग्गा मुआब्जा दिएर अधिग्रहण गरी सरकारका नाममा ल्याइएको थियो । ०४६ को परिवर्तनपछि अधिग्रहण जग्गा जफत भनेर तत्कालीन भोगाधिकारीले ०४९ सालका विभिन्न मितिमा २१२ रोपनी ४ आना हत्याएका थिए । त्यसपछि ०६२, ०६६र६७ र ०६९ सालका विभिन्न मितिमा थप करिब ३१ रोपनी मालपोतका खरिदारदेखि मन्त्रिपरिषद् पदाधिकारीसम्मको निर्णयबाट व्यक्तिका नाममा गएको थियो । योसहित १४३ रोपनी ६ आना संगठित रूपमा सरकारी कागजात किर्ते गरेर राणाका भोगाधिकारीदेखि भूमाफियासम्मले हडपेका थिए । त्यही प्रकरणमा अख्तियार र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले एकसाथ अनुसन्धान अगाडि बढाएका थिए ।