बेवारिसे यातायातका साधनहरूको तत्काल बिक्री वितरणको व्यवस्था मिलाउनु पर्छः सांसद गैरे  

काठमाडौँ । नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले थन्किएर बसेका सरकारी यातायातको साधनहरूको बिक्री वितरण गर्न सरकारसँग माग गरेका छन्।

मंगलवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले देशभर बिग्रेर बसेका सवारी साधनहरूको तत्काल बिक्रीवितरण गरी त्यसबाट आउने रकमको सदुपयोग सम्बन्धी विशेष कार्यक्रम ल्याउन सरकारसँग रुलिङ गर्न पनि सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराए।

सांसद गैरेले वातावरणलाई प्रदूषित गर्ने ढंगले अर्बौको सवारी साधनहरूलाई बेवारिसे अवस्थामा सरकारले राख्न नमिल्ने बताए।

सांसद गैरेले सरकारी कार्यालयलाई बिग्रेर सवारी साधनहरू थन्क्याउने ठाउँको रुपमा विकास गर्न नहुने पनि बताए।