देशकै ठुलो प्लाई उद्योगमा आगलागी, ८ वटा दमकल प्रयोग

विराटनगर - झापाको मेचीनगर १५ ज्यामिरगढीमा रहेको देशकै ठुलो भनेर दाबी गरिने एक प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । झापाको मेचीनगर–१५ ज्यामिरगढीमा रहेको भगवती लेमिनेट्स प्लाइउड कारखानामा आज बिहान ५ बजेदेखि आगलागी भएको हो ।

आगलागी नियन्त्रणका लागि ८ वटा दमकल प्रयोग गरिएको छ । यद्यपि अझै नियन्त्रणमा लिन नसकिएको झापा प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए । उनका अनुसार उद्योगको कच्चा पदार्थमा बढी क्षति पुगेको छ । तयारी माल भने जोगिएको उनले बताए ।