जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पढाउन निर्देशन

काठमाडौँ । आगामी शैक्षिक शत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्यरूपमा सरकारी विद्यालयमा पढाउन गुल्मीको मुसीकोट नगरपालिकाले निर्देशन दिएको छ ।

नयाँ शैक्षिक शत्रदेखि अनिवार्यरूपमा सरकारी विद्यालयमा पढाउनुपर्ने  सूचना जारी गर्दै नगरपालिकाले यस्तो निर्णय गरेको हो ।

सरकारी सेवा सुविधा लिने जनप्रतिनिधि, शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई संस्थागत विद्यालयमा पढाउने गरेको भन्ने जनगुनासो आएपछि नगरपालिकाले सो निर्देशन गरेको जनाइएको छ ।

नयाँ शैक्षिक सत्रदेखि सबैले सामुदायिक(सरकारी विद्यालयमा अनिवार्यरुपमा विद्यार्थी भर्ना गर्न निर्देशन गरिएको नगर प्रमुख जीवलाल खरेल जानकारी दिए ।