परराष्ट्र मन्त्रालयले भन्यो-'इजरायलमा रहेका सबै नेपाली विद्यार्थीलाई सुरक्षित स्थानमा सारियो'

काठमाडौँ - नेपालबाट इजरायलमा कमाउँदै पढ्दै कार्यक्रम अन्तर्गत गएका सबै विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सबै बिद्यार्थी दूतावासको सम्पर्कमा रहेको र इजरायलले हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने पनि मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाको सहयोगमा सबै विद्यार्थीहरुलाइ सुरक्षित स्थानमा सारिएको र ५० भन्दा बढी विद्यार्थीलाई स्थानान्तरण गरिसकिएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सरकारले नेपालीहरुको स्वदेश फिर्तीमा सहयोग गर्न हिब्रू भाषा जान्ने स्थानीयलाई बढीमा तीन महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृती पनि दिएको छ ।