भूकम्प पीडितलाई प्रधानमन्त्री र मन्त्रीले एक महिनाको तलब दिने 

काठमाडौँ - प्रधानमन्त्री र मन्त्रीले जाजरकोट भूकम्प्प पीडितलाई एक महिनाको तलब सहयोग गर्ने भएका छन् । 

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोट भूकम्प पीडितका लागि प्रधानमन्त्री र मन्त्रीले एक एक महिनाको तलब आर्थिक सहयोग गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । 

एक साताअघि जाजरकोट केन्द्रविन्दु बनाएर ६।२ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रूकमपश्चिममा ठुुलो धनजनको क्षति भएको छ ।