दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला

काठमाडौँ - दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला भएको छ । 

पुरानै भाडा कायम गरेर दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गरिन लागिएको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

गत शुक्रबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवाला निकाय ट्राफिक प्रहरी, विभागका कर्मचारी र यातायात व्यवसायीहरूको संयुक्त बैठकले आजदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।