भारत भ्रमणमा निस्किने बेला बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो भारत भ्रमणबारे सत्ता गठबन्धनका प्रमुख नेता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबारै दिल्ली प्रस्थान गदै छन् । प्रधानमन्त्रीसँगै कानुनमन्त्री पदम गिरी र छोरी गंगा दाहाललगायत भारत जाँदै छन् ।