युएईमा राधिकाको रहस्यमय मृत्यु : छतबाट खसेको भनिएपनि घटना किन संकास्पद ? 

काठमाण्डौँ - वैदेशिक रोजगारीका क्रममा युएई  रहेकी अर्घाखाँचीकी राधिका न्यौपानेको रमस्यमय रुपमा मृत्यु भएको छ । संयुक्त अरब इमिरेट्स युएईको अजमानमा रोजगारीका लागि १३ महिना पहिले पुगेकी अर्घाखाँची पाणिनी–५ मैदानकी राधिका घिमिरे आइतबार मृत्त भेटिएकी हुन् । राधिकाको मृत्युको घटनालाई उनको माइती पक्षका आफन्तले शंकास्पद भनेका छन् । यद्यपि घटनाको विषयमा अजमानको स्थानीय प्रशासनमार्फत अनुसन्धान भइरहेको छ । छतबाट तल खसेकी राधाको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो ।

एनआरएनका उपाध्यक्ष भीम मल्ल ठकुरीका अनुसार राधिकाको मृत्युपछि श्रीमान टीकापुर–७ कैलालीका नेत्र न्यौपाने फरार छन् । त्यो दिन दुवै जनाले मदिरा सेवन गरेको पाइएको छ । घटना भएको दिन राधिकाको भाइ पनि सहभागी भएका एनआरएनका उपाध्यक्ष ठकुरीले बताएका छन् । राधिका युएईमा ब्युटिपार्लरको काम गदै आएकी थिइन् भने उनका श्रीमान एजेन्टको काम गर्दै आएका थिए ।

उनीहरू दुवै जनाको युएईमा रेसिडेन्ट कार्ड रहेको थियो । राधिका न्यौपानेको दोस्रो श्रीमती हुन् । राधिकाको शव उनीहरू बस्दै आएको घरबाहिर माथिबाट खसेको र क्षतविक्षत अवस्थामा भएको प्रत्यक्षदर्शीले देखेका थिए । एम्बुलेन्स र प्रहरी आउञ्जेल मृतकका श्रीमान नेत्रप्रसाद सोही स्थानमा तीन पटक आउजाउ गरेको र पछि सम्पर्कविहीन भएको बताइएको छ ।