बाँसबारीको जग्गा सरकारको नाममा ल्याउन मालपोतको २१ दिने सुचना

काठमाडौँ - भूमिसुधार तथा मालपोत कार्यालयले काठमाडौँस्थित बाँसबारीको १० रोपनी जग्गा सरकारका नाममा ल्याउन भन्दै पत्र काटेको छ ।

च्याम्पियन फुटवेयरका नाममा २१ दिने सूचना जारी गर्दै कार्यालयले फुटवेयर हाल चाँदबाग रेसिडेन्सीका सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई उक्त पत्र काटेको हो । २१ दिनभित्र नआए जग्गा स्वत सरकारको नाममा ल्याउने प्रक्रिया सुरु हुने सूचनामा भनिएको छ । 

सूचनामा २१ दिनभित्र आफैँ वा वारेस मार्फत उपस्थित हुन भनिएको छ । सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी, चाँदबागका अध्यक्ष ठाकुर र बाँसबारी छालाजुत्ता कम्पनीका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा उक्त जग्गा हिनामिना प्रकरणमा केही दिन अघि पक्राउ परेका थिए ।
अहिले अदालतको आदेशले उनीहरु हाजिरी जमानीमा छुटेका छन् ।