एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बुधबार बस्दै छ ।

बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा अपरान्ह १२:४५ बजे बस्नेछ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, जाजरकोट भूकम्प र पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग पदयात्राका विषयमा छलफल हुने बताइएको छ ।