प्रधानमन्त्री दाहाल आज सिरहा जाँदै 

सिरहा - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज सिरहा जाने भएका छन् । सिरहाको लहान नगरपालिका वडा नं १४ स्थित प्रदीप गिरीको प्रथम बार्षिकोत्सव समारोहमा सहभागी हुन प्रधानमन्त्री सिरहा जान लागेका हुन् । 

प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यमा स्वर्गीय गिरीको पूर्णकदको शालिक अनावरण हुने कार्यक्रम तय भएको छ । कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको जिल्ला प्रहरी कार्यालय सिरहा प्रमुख लिम्बुले जानकारी दिएका छन् । 

आज स्वर्गीय गिरीको आश्रम लहान(१४ मा प्रथम बार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री प्रचण्डद्वारा गिरीको पूर्णकदको शालिक अनावरण हुने कार्यक्रम तय भएको छ । निर्धारित कार्यक्रम अनुसार सम्पूर्ण तयारी पुरा भएको जनाइएको छ  ।