नेपाल शान्ति मिसनमा सबैभन्दा बढी सुरक्षाकर्मी पठाउने मुलुक बन्यो

काठमाडौँ - नेपाल संयुक्त राष्ट्र संघ अन्तरगत शान्ति मिसनमा सबैभन्दा बढी सुरक्षाकर्मी खटाउने देश बनेको छ । राष्ट्र संघले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार नेपालले बंगलादेशलाई पनि पछि पारेको हो । यसअघि बंगलादेश सबैभन्दा बढी शान्ति मिसनमा सुरक्षाकर्मी खटाउने देश थियो। नेपाल दोस्रो स्थानमा थियो । 

तर २०२३ नोभेम्बर ३० को तथ्यांक अनुसार हाल नेपालबाट ६ हजार २ सय ४७ जना सुरक्षाकर्मी शान्ति मिसनमा खटिएका छन्। बंगलादेशबाट ६ हजार १ सय ९७ र भारतबाट ६ हजार ७३ जना सुरक्षाकर्मी मिसनमा छन् । रुवान्डाबाट ५ हजार ९ सय १९ र पाकिस्तानबाट ४ हजार १ सय ६४ जना शान्ति मिसनमा खटिएका छन् । 

नेपालबाट विशेषज्ञका रुपमा ४२ जना, युनिटबाट १८० जना, प्रहरी एड्भाइजरका रुपमा व्यक्तिगत नियुक्तीमा ५६, स्टाफ अधिकृतहरु १०४ जना र अन्य फौज ५ हजार ८६५ जना खटिएका छन् । नेपालबाट कंगोमा १ हजार १ सय ४५ जना, साउन सुडानमा १ हजार ७ सय ४२ जना, अवेइ सुडानमा १ सय ४ जना खटिएका छन् ।