भूकम्प पीडितका लागि एकीकृत समाजवादीले गर्‍यो २५ लाख रुपैयाँ सहयोग

काठमाडौँ - जाजरकोट र रुकुम पश्चिममा भुकम्पबाट पीडित तथा प्रभावितहरूको उद्दार एवं राहतका लागि नेकपा एकीकृत समाजवादीले २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

एकीकृत समाजवादीका  अध्यक्ष माधव कुमार नेपालले यस अघि घोषणा गरे बमोजिम २५ लाखको चेक आज सरकारलाई हस्तान्तरण गरेका छन् ।

अध्यक्ष  नेपालले २५ लाखको चेक बालुवाटारमा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तर गरेका हुन् ।