यो साता साढे २ प्रतिशतले घट्यो नेप्से !

 काठमाण्डौँ - यो साता नेप्से परिसूचक करिब साढे २ प्रतिशत घटेर बन्द भएको छ । अघिल्लो साता २००४.३० विन्दुमा बन्द भएको नेप्से, यस साता २.३६ प्रतिशत अर्थात् ४७.३८ अङ्क घटेर १९५६.९२ विन्दुमा झरेको छ ।

यस साता ५ कारोबार दिनमध्ये नेप्से परिसूचक ३ कारोबार दिन घटेको थियो भने दुई कारोबार दिन बढेको थियो । यस साताको सोमबार र बुधवार नेप्से सामान्य अङ्क बढेको थियो।यस साता सेन्सेटिभ  इन्डेक्स ९.५७ अङ्क घटेको छ भने फ्लोट  इन्डेक्स ३.२७ अङ्क र सेन्सेटिभ फ्लोट  इन्डेक्स ३.३३ अङ्क घटेको छ ।

नेप्सेसँगै यस साता दैनिक औसत भोल्यूम  पनि घटेको छ । गत साता दैनिक औसतमा १ अर्ब ९५ करोडको शेयर कारोबार भएको बजारमा, यस साता दैनिक औसतमा १ अर्ब ४१ करोडको शेयर खरिदबिक्री भएको छ । 

गत साताको तुलनामा यस साताको दैनिक औसत कारोबार रकम ५३ करोड अर्थात् २७.५६ प्रतिशत घटेको हो । त्यस्तै, यस साता दैनिक औसत शेयर सङ्ख्या ३७.७३ प्रतिशत घटेको छ भने दैनिक औसत कारोबार सङ्ख्या १०.३२ प्रतिशत घटेको छ । यस साता नेप्सेको कुल बजार पुँजीकरण करिब २ प्रतिशत घटेको छ ।