दशैंका लागि अग्रिम टिकट बुकिङ असोज २२ गते बाट खुल्ने

 काठमाडौँ - दशैंलाई लक्षित गरेर सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ असोज २२ गते बाट खुल्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच शुक्रबार भएको छलफलमा २२ गते सोमबारदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको हो ।

पुरानै भाडादर कायम गरेर अग्रिम टिकट बुकिङ खुल्ने भएको हो । अघिल्ला वर्षमा दशैं सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष भने ढिलाई भएको हो ।