रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार साँझ ५ बजे बस्ने तय छ । 

बैठकमा संसद्को कामकारबाहीमा पार्टीको प्रभावकारी उपस्थिति र भूमिकाको सम्बन्धमा छलफल हुने रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । 

यस्तै, संसदमा प्रस्तुत विधेयकहरूमाथि पार्टीको साझा धारणा बनाउने, रास्वपाबाट सरकारमा गएका मन्त्रीहरूले गरेका काममा सम्बन्धमा समेत बैठकमा छलफल गर्ने एजेन्डा रहेको परियारले जानकारी दिए ।