शेयर धितो कर्जामा सीमा बढाईयो 

 काठमाडौँ - नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा यसअघिको रु १२ करोडको सीमा बढाएको छ ।

राष्ट्र बैंकले एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा बढाएको हो । यसअघि शेयर धितो कर्जाका रुपमा समग्र वित्तीय प्रणालीबाट रु १२ करोडसम्मको मात्रै कर्जा पाउने व्यवस्था थियो । त्यसलाई बढाएर व्यक्तिको हकमा रु १५ करोड र संस्थाको हकमा रु २० करोड बनाइएको छ ।

त्यस्तै निर्देशिकामार्फत वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको अन्त्यसम्ममा काउन्टर साइक्लिकल बफर शून्य दशमलव पाँच प्रतिशत कायम गर्नुपर्ने भएको छ ।