रूसी आक्रमणमा परी पूर्वी युक्रेनमा ५१ जनाको मृत्यु

 काठमाण्डौँ - युक्रेनको पूर्वी गाउँमा बिहीबार भएको रूसी आक्रमणमा परी कम्तीमा ५१ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघका एक अधिकारीले बताएका छन् ।

युक्रेनी प्रहरीले सार्वजनिक गरेको फुटेजमा ग्रोजा गाउँमा ठूलो मात्रामा धुवाँको मुस्लो देखिएको भग्नावशेषबाट कैयौँ मृत शरीरलाई उद्धारकर्मीले लगेको देखिएको छ ।

उनका अनुसार ६० जनाको सहभागिता रहेको कार्यक्रममा मृत्यु हुनेमा एक छ वर्षीय बालकदेखि विभिन्न उमेरसमूहका मानिस रहेका छन् ।
अग्रस्थानमा रहेको शहर कुपियान्स्कबाट ग्रोजा ३० किलोमिटरभन्दा बढी दूरीमा अवस्थित छ जहाँ युक्रेनी सेनाले रूसी सेनासँगको लडाईमा गत वर्ष गुमाएको क्षेत्र फिर्ता लिन प्रयास गरिरहेको छ । एएफपी