कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार

 काठमाडौँ - कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । रिपोर्टर्स क्लवमा एक कार्यक्रममा सहभागी भएर बाहिर निस्किने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो ।

उनलाई नुवाकोट घर भएका श्याम सापकोटाले आक्रमण गरेको बताइएको छ । घाइते यादवलाई उपचारको लागि ट्रमा सेन्टर लगिएको छ । आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।