सुनको भाउ आज पनि बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ? 

काठमाडौँ - सुनको भाउ आज पनि बढेको छ । नेपाल सुन(चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ७ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । यसअघि बुधबार पनि सुनको ३०० रुपैयाँले बढेको थियो। बुधबार भने छापावाल सुन १ लाख ६ हजार ९०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ६ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ भने लगातार दोस्रोदिन स्थिर रहेको छ । आज चाँदीको भाउ तोलाको १३ सय १० रुपैयाँ कायम रहेको छ ।