'सरकारले अब वृहत्तर लुम्बिनी गुरुयोजना थालनी गर्छ' : प्रधानमन्त्री दाहाल 

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार वृहत्तर लुम्बिनी गुरुयोजना थालनी गर्न तत्पर रहेको बताएका छन् ।

२५६७ औं बुद्ध जयन्ती मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बुद्ध जन्मस्थल लुम्बिनीको सम्भावना धेरै रहेको बताउदै अब छिटै सरकारले वृहत्तर लुम्बिनी गुरुयोजना थालनी गर्ने जानकारी गराएका हुन् ।

लुम्बिनीसँगै कपिलवस्तु, देवदह, रामग्रामलाई समेटेर वृहत्तर लुम्बिनीको रुपमा विकास गरिने र तिलौराकोट पनि विश्व सम्पदा सूचीमा सुचीकृत हुने क्रममा रहेको उनले बताए ।