लुम्बिनीमा नयाँ सरकार गठन : महराले बुझाए बहुमत सांसदको हस्ताक्षर

 रुपन्देही - लुम्बिनी प्रदेशमा सत्तारूढ दलको तर्फबाट नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बनाउन बहुमत सांसदहरूले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गरेका छन् ।

बिहीबार प्रदेशसभामा मुख्यमन्त्री डिल्ली चौधरीले राजीनामा दिएर इमेलमार्फत प्रदेश प्रमुख समक्ष राजीनामा पठाएपछि नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रिया अघि बढेको हो । 

सत्तारुढ दलहरूले माओवादी संसदीय दलका नेता जोखबहादुर महराको नेतृत्वमा नयाँ सरकार गठनका लागि ४४ सांसदको हस्ताक्षरसहित दाबी प्रस्तुत गरेका हुन् । आज दाबी पेश गरेपछि प्रदेश प्रमुख अमिक शेरचनले महरालाई आजै मुख्यमन्त्री नियुक्ति गर्ने तयारी रहेको छ ।