सुनसरीका पाँच स्थानीय तहमा ‘कर्फ्यु’ ५१ राउण्ड हवाई फायर, केहि घाइते

 सुनसरी - दुई समूहबीचको झडपले तनाव सिर्जना भएपछि सुनसरी प्रशासनले जिल्लाका पाँच वटा स्थानीय तहमा कर्फ्यु आदेश जारी गरेको छ । आज मध्यान्ह १२ बजेदेखि हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिका वडा नम्बर १ र ७ मा निषेधाज्ञा जारी गरेको थियो । तर स्थिति नियन्त्रणमा लिन समस्या भएपछि अहिले साँझ ५ बजेदेखि पाँच स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।

शान्ति सुरक्षाको संवेदनशीलतालाई मध्यनजर राखी सम्भावित क्षति कम गर्न तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न इनरुवा नगरपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, भोक्राह नरसिंह गाउँपालिका, कोशी गाउँपालिका क्षेत्रमा लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको छ ।