इरानमा बम विस्फोट हुँदा १०३ को मृत्यु

काठमाण्डौँ - हत्या गरिएका जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित भीडमा लगातार दुई वटा विस्फोट हुँदा इरानमा बुधबार कम्तीमा एक सय तीन जनाको मारिएको सरकारी मिडियाले बताएको छ ।

आक्रमणको जिम्मेबारी तत्काल कसैले लिएको छैन । आधिकारिक आइआरएनए समाचार एजेन्सीले यसअघि ७३ जनाको मृत्यु भएको सूचना दिएको थियो ।

एजेन्सीले भनेको छ, “आतंकवादी विस्फोटमा घाइते भएका मानिसको मृत्यु भएपछि मर्नेहरूको संख्या बढेर एक सय तीन पुगेको छ ।” बम विस्फोटमा अन्य एक सय ४१ जना घाइते भएको र केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ । एएफपी