सीपीसी तिब्बतका सचिव वाङ नेपाल आउँदै

काठमाडौँ - चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका तिब्बत सचिव वाङ जुङचेङ नेपाल आउने भएका छन् । परराष्ट्र स्रोतका अनुसार उनी कात्तिक २३ मा नेपाल भ्रमणमा आउन लागेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको असोजमा भएको चीन भ्रमणका दौरान सचिव वाङसँग पनि भेटवार्ता भएको थियो । उक्त अवसरमा दुई देशबीचको सहकार्य र सम्बन्धका बारेमा कुराकानी भएको थियो । त्यस क्रममा पूर्वाधार, सडक, ट्रान्समिसन लाइन, व्यापारिक र पारम्परिक नाका सञ्चालनमा ल्याउने, नेपालतर्फको सडकको स्तरोन्नति र विभिन्न परियोजना अघि बढाउनेलगायतका विषयमा सचिव वाङको भ्रमणमा कुराकानी हुने बताइएको छ ।