भूकम्पपीडितको उद्धार, उपचार र राहतमा सामेल हुन विप्लवको आग्रह

काठमाडौँ - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले भूकम्पपीडितको उद्धार, उपचार र राहतका कार्यलाई तीव्रता दिन आग्रह गरेको छ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपाले व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गर्दै भूकम्पपीडितको उद्धार, उपचार र राहतका कार्यलाई तीव्रता दिन आग्रह गरेको हो । त्यस्तै नेकपाले छिटो भन्दा छिटो राहत प्याकेज घोषणा गर्न सरकारसँग माग पनि गरेको छ ।