परिवार र आफन्तजनको घाउमा मलम लगाउँन हतारिएका प्रधानमन्त्री दाहाल 

काठमाण्डौँ - पहिलो काम उद्दार, उपचार र राहत हो तसर्थ राज्यका सबै साधनश्रोत त्यसमा केन्द्रित गरिएको छ । वीर हस्पिटल र ट्रमा सेन्टर, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी अस्पतालका डाक्टरहरु स्वास्थ सामाग्रीसहित प्रभावित क्षेत्र पुग्नु भएको छ । उहाँ सबैभन्दा अगाडी घटनास्थलमा पुग्नुभएको हो । उहाँ अहिलेपनि उद्धार र राहातका काममा संलग्न हुनुहून्छ ।  तत्काल उपलब्ध केहि राहत सामाग्री पनि हेलिकप्टर र जहाजमार्फत पठाईएको छ ।

उद्दार र राहतको लागि संघीय, प्रदेश तथा स्थानीय सरकारका सबै निकाय परिचालित छन् । सबभन्दा पहिले स्थानीय जनसमुदाय नै उद्दार र राहतमा खटनु भएको छ ।

अहिले प्रधानमन्त्री रुकुम र जाजरकोटका प्रभावित क्षेत्रमा पीडितहरुसङ्ग हुनुहुन्छ । 
गृहमन्त्रालयमार्फत प्रभावित जिल्ला मात्र नभई आसपासका जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत पनि उद्दार र राहतमा सहभागी बन्न निर्देशन भएको छ।
सम्पुर्ण देशवासी तथा आज नै प्रभावित क्षेत्रमा पुगेर मद्दत गर्न सक्ने जिल्लाहरु सुर्खेत, सल्यान, बाके, बर्दिया र दाङ लगायतका जिल्लाका प्रशासन कार्यालयसङ्ग समन्वय गरि उद्दार र राहतमा जुट्न, आजै देखि प्रभावित क्षेत्रमा आवस्यक पर्ने खाधन्न, पिउने पानी, लत्ताकपडा, पाल आदीको व्यवस्थापनको लागि सहयोग गर्न सम्पुर्ण राजनैतिक दल, नागरिक समाज, समाजसेवी, व्यवसायी, सामाजिक संघ, संस्था तथा आम जनसमुदायलाई प्रधानमन्त्रीको सचिवालयले अपिल समेत गरेको छ ।