प्रधानमन्त्री दाहालले लिए जाजरकोटमा क्षतिको विवरण

काठमाण्डौँ - भूकम्पले क्षतिग्रस्त भएको जाजकोट पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो अवस्थाबारे जानकारी लिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई भेटेर त्यहाँको अवस्थाबारे बुझेको र केही बेरमा स्थलगत अध्यननका लागि जाने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्रीसँगै उर्जामन्त्री शक्ति बस्नेत पनि जाजरकोट गएका छन्। उनी जाजरकोटकै हुन् । गएरातीको भूकम्पमा परि जाजरकोट र रुकुममा अहिलेसम्म १२८ जनाको मृत्यु भइसकेको छ । जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान उनी नेपाली सेनाको हेलिकप्टरमार्फत जाजरकोट गएका थिए । हेलिकप्टरमा औषधीसहित र १६ जना चिकित्सकको टोली पनि  प्रधानमन्त्री प्रचण्डसँगै भूकम्प प्रभावित क्षेत्रमा गएका हुन् ।