आजदेखि डीभी खुल्यो, कसरी भर्ने आवेदन ? 

 काठमाडौँ - २०२५ का लागि अमेरिकी सरकारको डाइभर्सिटी भिसा डीभी बुधबार रातीबाट खुल्ने भएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली सयम अनुसार बुधबार राती ९ बजेर ४५ मिनेटपछि आवेदन खुला गरिने जनाएको छ ।

कार्तिक २१ नेपाली समय अनुसार १० बजेर ४५ मिनेटसम्म डीभि आवेदन खुल्ला हुनेछ । अमेरिकाले हरेक वर्ष डीभी भरेकाहरुलाई चिठ्ठामार्फत अमेरिका लैजाने गर्दै आएको छ। डीभी भर्दा कुनै पनि शुल्क लाग्दैन ।

डीभी आवेदन https://dvprogram.state.gov/मा गएर आफै भर्न सकिने दूतावासले जनाएको छ।