कोशीका मुख्यमन्त्री थापाले लिएको विश्वासको मतविरूद्वको रिट ‘हेर्दा हेर्दै’ मा

काठमाडौँ - कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले लिएको विश्वासको मतविरूद्व सर्वोच्च अदालतमा दायर रिट ‘हेर्दा हेर्दै’ मा परेको छ ।
पूर्ण इजलासमा सुनुवाई भएको रिट हेर्दा हेर्दैमा परेको हो । पूर्ण इजलासमा सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदी रहेका छन् । अब मुद्दाको सुनुवाइ भोलि हुनेछ ।

हिजो सपना मल्ल प्रधान र शुष्मलता माथेमाको इजलासले मुद्दालाई पूर्ण इजलासबाट टुंग्याउन आदेश दिएको थियो ।
मुख्यमन्त्री थापाले संसदबाट असंवैधानिक तरिकाले विश्वासको मत लिएको भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।