१९ इन्सपेक्टर डीएसपी बढुवाका लागि सिफारिस 

काठमाडौँ - नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको छ । बुधबार बसेको बढुवा समितिको बैठकले १९ जना इन्सपेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।

उनका अनुसार बढुवा समितिको बैठकको निर्णय अनुसार जनपद प्रहरी समूहतर्फका प्रहरी निरीक्षकहरुलाई सोही समूहतर्फको प्रहरी नायव उपरीक्षक पदमा बढुवाका लागि  १९ जना इन्सपेक्टरको सिफारिस सूची प्रहरी नियमावली,२०७१ संशोधन सहितको नियम २७ को उपनियम ४ अनुसार प्रकाशित गरिएको हो ।