मन्त्री सुमना श्रेष्ठ अनुपस्थित भएपछि शिक्षा समितिको बैठक स्थगित  

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वाथ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ । आज (बिहीबार) को बैठकमा विद्यालय शिक्षा विधेयकमाथि छलफल हुने कार्यतालिका थियो ।

समितिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई बैठकमा बोलाएको थियो । तर, मन्त्री श्रेष्ठ बैठकमा सहभागी नभएपछि बैठक स्थगित गरिएको हो ।

मन्त्री बैठकमा सहभागी नभएपछि सांसदहरुले विरोध जनाएका थिए । नेकपा (माओवादी केन्द्र) का सचिव एवं प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले भने मन्त्रिपरिषद्को बैठक पनि जुधेकाले मन्त्री समितिको बैठकमा आउन नसकेको बताए ।