मन्त्रीहरूले हरेक दिन गरेका काम प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’ गर्नुपर्ने

काठमाडौँ - सरकारका मन्त्रीहरूले हरेक दिन प्रधानमन्त्रीलाई आफूले गरेका कामबारे ‘ब्रिफिङ’ गर्नुपर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट प्रत्येक मन्त्रीले प्रत्येक दिनको साँझ ब्रिफिङ गर्नुपर्ने निर्णय गरिएको बताए ।