लुम्बिनीमा नयाँ सत्ता समीकरणका दलबीच पाँच बुँदे सहमति

बुटवल - लुम्बिनीमा नयाँ सत्ता समीकरणमा रहेका दलहरुबीच सरकार गठन बारे सहमति भएको छ । लुम्बिनी प्रदेशमा रहेका चार दल र एक स्वतन्त्र सांसदबीच विहिबार पाँच बुँदे सहमति भएको हो ।

सहमतिपत्रमा एमाले संसदीय दलका नेता लिला गिरी, माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा, जसपाका नेता भण्डारीलाल अहिर, नेकपा ९एकीकृत समाजवादी० का भगवती अधिकारी र स्वतन्त्र सांसद खड्ग बस्नेतले हस्ताक्षर गरेका छन् । 

सहमतिमा लुम्बिनीमा माओवादीका सांसद जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउने, प्रदेशमा हुने राजनीतिक नियुक्तिमा सबै दलको अपनत्व हुने गरी गर्ने लगायतका सहमति गरिएको छ ।