राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले कात्तिक २२ गतेबाट फ्रान्स, जर्मनी र इटालीको भ्रमण गर्ने भएका छन् । मन्त्रिपरिषद्को बैठकले पौडेलको भ्रमण स्वीकृत गरेको हो ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले राष्ट्रपति पौडेलले पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन र सो पश्चात जर्मनी र इटालीको भ्रमण गर्न कार्तिक २२ गते काठमाडौंबाट प्रस्थान गरि मंसिीर १ गते स्वदेश फर्कने भ्रमण स्वीकृत गरेको जानकारी दिइन् ।

त्यस्तै, बैठकले चीनको संघाइमा संचालन हुने छैठौं चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन उद्योग मन्त्रीलाई स्वीकृती दिने, पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्ले गर्नुपर्ने काम गर्नका लागि समिति गठन गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन् ।