सुनको भाउ निरन्तर घट्दै, आज तोलामा १ हजार ३ सय रुपैयाँले घट्यो !

 काठमाण्डौँ - सुनको भाउ आज पनि घटेको छ । आज एक हजार तीन सय रुपैयाँले घटेर सुन तोलाको एक लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि सुन तोलाको सय रुपैयाँ घटेर एक लाख सात हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, अस्ति सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको थियो । आज चाँदीको भाउ पनि ३० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको एक हजार तीन सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।