सरकारले नै जीबी राईलाई पक्राउ गर्नै  चाहँदैन् : विश्वप्रकाश शर्मा 

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएका जीबी राईलाई सरकारले नै पक्राउ गर्न नचाहेको बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकको सुरुआतमै बोल्दै सांसद तथा महामन्त्री विश्वप्रकाश शर्माले यस्तो आरोप लगाएका हुन् ।

प्रतिपक्षमा बस्दा रास्वपा सभापति लामिछानेले बोलेको स्मरण गराउँदै उनले भने, “माघ १६ गते मित्र रवि लामिछाने गृहमन्त्री हुनुहुन्न थियो । प्रतिपक्षमा हुनुहुन्थ्यो । बढो खरो स्वरमा बोल्दै सरकारले जीबी राईलाई पक्रन चाहेन भन्नुभयो ।”

उनले गृह मन्त्रालयमा पुगेपछि लामिछानेको बोली फेरिएको आरोप लगाए । साथै उनले मलेसियामा भएको मान्छेलाई पक्राउ गर्न केले रोक्यो भन्ने प्रश्न गरे ।

महामन्त्री शर्माले भने, ‘म गृहमन्त्रीजीलाई मलेसियाको कानुन पढाउन चाहन्छु । मलेसियाको कानुनमा भनिएको छ कि कुनै पनि देशको कोही अभियुक्त छ भनेर सम्बन्धित देशले कूटनैतिक प्रक्रियाबाट माग गर्यो भने सुपुर्दगी गर्न सकिन्छ । जीबी राईलाई लिएर आउने कुरामा के कुरामा ढिलाइ भएको छ ?’