सांसद कोइरालाको प्रश्न : मेरो लोगो देख्दा नागरिकले सहकारी ठग भन्छन्, म के जवाफ दिउँ ?

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौडेलले सार्वजनिक यातायातमा हिँड्दा आफूलाई पनि सहकारी ठगको आरोप लागेको गुनासो गरेकी छन् ।

आज बसेको संसद् बैठकको शुन्य समयमा बोल्दै सांसद कोइरालाले आफू सार्वजनिक बसमा यात्रा गर्ने र बसमा आफूले संसद्को लोगो देख्दा सहकारी ठगको आरोप लगाउने गरेको भन्दै गुनासो गरिन् ।

‘सभामुख महोदय म सार्वजनिक बसमा यात्रा गर्छु । बसमा मैले लगाउने यो संसद्को लागो देख्दा नागरिकले मलाई सहकारी ठगको संज्ञा दिन्छन्’ उनले भनिन् । ‘मैले के जवाफ दिउँ उहाँहरुलाई । म सुन्दैछु । पहिले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम आयो सहकारी ठगीमा । त्यसमा कुनै पनि कारबाही भएन् । अहिले फेरि उहाँकै पार्टीका उपसभापति तथा श्रम मन्त्री डीपी अर्यालको नाम जोडियो । कुनै कारबत्राही भएन । अहिले फेरि १० वर्ष जनयुछ लडेर आउनु भएको हाम्रो आदरणीय नेता माननीय शक्ति बस्नेतको पनि नाम सहकारी ठगीमा आईरहेको छ । सभामखु महोदय म सार्वजनिक बसमा हिँड्दा लोगो लगाएर हिँडौकी नहिँडौं ?’ उनले प्रश्न गरिन् ।