रिगलको आममाफी बिरुद्ध सर्वोच्च अदालतले आज फैसला सुनाउने

काठमाडौँ - नेपाली कांग्रेसका नेता योगराज ढकाल रिगललाई दिएको आममाफीका बारेमा सर्वोच्च अदालतमा आज फैसाला हुँदैछ ।

योगराज ढकाल रिगललाई कैद मिनाहा गरी सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि त्यसका बिरुद्धमा भारती शर्माले दिएको मुद्धामा आज सर्वोच्च अदालतले फैसाला सुनाउन लागेको हो ।

सर्वोच्च अदालतका न्यायाधीसत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा बिहीबार निर्णय सुनाउने जानकारी दिए अनुसार आज सुनाउन लागिएको हो ।

संविधान दिवसका अवसरमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रि परिषद्ले ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको थियो । सरकारको उक्त सिफारिससँगै राष्ट्रपति पौडेलले कांग्रेसको भातृ संस्था तरुण दलका नेता ढकाल कारागारमुक्त हुन पुगेका थिए ।