एमालेका मन्त्रीहरूले आज राजीनामा दिँदै 

काठमाडौँ - नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्ने सहमति भएसँगै प्रचण्ड नेतृत्वको सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरूले आज राजीनामा दिने भएका छन् । 

मंगलबार मध्यराति वर्तमान गठबन्धन तोडेर एमालेले नेपाली कांग्रेससँग सत्ता समीकरण बनाउने  सहमति गरेको हो । योसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न लागिएको हो । 

यसका लागि आजै आफ्ना पार्टीका मन्त्रीहरूले राजीनामा दिने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताएका छन् । साथै उनले परिवर्तित अवस्था बुझेर प्रधानमन्त्री प्रचण्डले पनि आजै राजीनामा दिने विश्वास गरिएको बताए ।